Aamsanchar

तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा

Author Image
शुक्रवार, असार ११, २०७८

एजेन्सी-चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर लामो रहेको छ ।

यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट संचालित बुलेट ट्रेनको सुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ । गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिंगले तिब्बतमा नयाँ रेल परियोजना सम्बन्धी निर्देशन दिनुभएको थियो ।

सिचुवान–तिब्बत रेलवे चेंग्दुबाट सुरु भएर तिब्बतमा टुगिंने बताइएको छ । यसले ल्हासा र चेंग्दुबीचको यात्रा ४८ घण्टा बाट घटेर १३ घण्टामा छोटिएको छ । अरुणाचल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनले दाबी गर्दै आएको छ । वास्तविक नियंत्रण रेखाको ३ हजार ४ सय ८८ किलोमिटरको सीमामा भारत र चीनवीच बिवाद रहँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर