Aamsanchar

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना पुष्टि

Author Image
आइतवार, असार १३, २०७८

काठमाण्डौ –भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले चेतावनी दिएका छन् । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर