Aamsanchar

झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप, सवारीसाधन संचालनको हकमा यस्तो नियम

Author Image
सोमवार, असार १४, २०७८

झापा – झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाउँदै आज बसेको डिसीसीएमसीको बैठकले निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर गते अनुसार जोर बिजोर सञ्चालन गर्ने पाउने निर्णय गरेको हो ।सार्बजनिक सवारीसाधन संचालनमा लगाईएको रोक यथावत छ ।

सवारीसाधन सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटीरसफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका मात्र झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ । सरकारी, सार्वजनिक संस्थान, बिमालगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ ।पसल सञ्चालनको हकमा अत्यावश्यक सेवाका वाहेकका अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर