Aamsanchar

विश्वको दोस्रो ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु

Author Image
सोमवार, असार १४, २०७८

एजेन्सी – चीनले विश्वको दोस्रो ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु गरेको छ । दक्षिणी चीनको सिचुआन र युनान प्रान्तको सीमास्थित चीनसा नदीमा निर्माण गरिएको बाइहाटेन जलविद्युत आयोजनाका दुई वटा युनिटबाट विद्युत् उत्पादन सुरु गरिएको हो ।

२ सय ८९ मीटर अग्लो बाँध निर्माण गरी बनाइएको आयोजनामा १६ वटा उत्पादन यूनिट रहेका छन् । प्रत्येक यूनिटको क्षमता १० लाख किलोवाट छ । यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि जैविक इन्धनको प्रयोगमा ठूलो कमी आउने र वातावरण संरक्षणमा सहयोग पुग्ने चिनियाँ अधिकारीहरूको भनाइ छ । विश्वको सबैभन्दा ठूलो जलविद्युत ड्याम पनि चीनमा नै रहेको छ । सन् २००३ मा याङ्त्से नदीमा बनाइएको थ्री गर्जेज ड्यामको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ । दुवै ड्याम चीन सरकारको कम्पनी थ्री गर्जेज ग्रुप कर्पोरेशनले निर्माण गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर