Aamsanchar

दमकबाट लाखौं नगद र ब्राउन सुगर सहित चारजना पक्राउ

Author Image
मङ्गलवार, असार १५, २०७८

झापा। झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । बुधबार दिउसो ३ बजेर १५ मिनेटमा दमक–६ थाना रोड बाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

त्यसैगरी प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै इलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्तै आएका बर्ष ३१ का विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाँको कोठाबाट पाँच लाख १४ हजार तीन सय सहित पक्राउ गरिएको र बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रम को कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाँको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेनद्रकुमा रश्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमक झापामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर