Aamsanchar

माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु

Author Image
शनिवार, असार १९, २०७८

झापा – माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ पोकापाडा निवासी अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका राजवंशी रातभर घर हराएका थिए ।

त्यसपछि उनी हराएको परिवारका सदस्यले स्थानीयबासीलाई जानकारी गराएका थिए । स्थानीयले खोज्ने क्रममा उनको शव शनिवार बिहान माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो । उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरका टोली बिहान ९ बजे पोखरीबाट शव निकालेको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर