Aamsanchar

सहारा नेपालद्वारा धान रोप्ने मेसिन सहित टनेल र घाँसको विउ वितरण

Author Image
मङ्गलवार, असार २२, २०७८

भद्रपुर । सहारा नेपाल साकोस सेवा केन्द्र ज्ञानेचोकले आफ्ना सेयर सदस्यहरुलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रीकरण वितरण गरेको छ । सस्थाले सोमबार एक कार्यक्रमका विच किसानहरुलाई धान रोप्ने मेसिन तथा अग्र्यानिक तरकारी खेति गर्ने सदस्यहरुलाई टनेल वितरण गरेको हो ।

सस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदिप खड्काले जानकारी दिए ।

सहारा नेपाल साकोसले संचालन गरेको लघुवित कार्यक्रममा आवद्ध सदस्यहरुलाई सस्थाको कृषि कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिका वडा न ३ स्थित श्रीजङ्गां सहारा महिला समुहकी अध्यक्ष बेनुका लिम्बु र ४ नम्वर वडामा रहेको बुद्ध सहारा महिला समुहकी सचिव नर्वदेस्वरी तामाङ्गलाई १–१ थान धान रोप्ने मेसिन हस्तान्तरण गरिएको प्रमुख खड्काले बताए ।

मेसिन सँगै मेसिन चलाउने प्राविधिक ज्ञान समेत प्रदान गरिएकोले मेसिन चलाउन समस्या नहुने किसानहरुले बताएका छन् ।

यसै विच बेमौसमी तरकारी खेतिलाई प्रोत्साहन गर्दै सदस्यलाई तरकारीमा आत्मर्निभर बनाउने उदेश्यले सस्थाका विभिन्न समुहमा रहेका तरकारी खेती गर्ने २५ जना सदस्यहरुलाई १–१ थान टनेल वितरण गरिएको छ । टनेल सँगै टनेल खेती लगाउने प्राविधिक ज्ञान सहित टनेल निर्माण गर्न जनही रु ५ हजार अनुदान दिइएको कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए । सोही कार्यक्रममा व्यवसायिक बाख्रा पालन गर्ने ५ जना कृषकलाई उन्नतजातको घाँसको विउ समेत वितरण गरिएको थियो ।

झापाको चारपानेमा केन्द्रिय कार्याल रहेको सहारा नेपाल देशकै ठुलो मध्येको एक सहकारीको रुपमा रहेको छ । एक नम्बर प्रदेशभरी कार्यक्षेत्र विस्तार गर्ने योजनामा रहेको साकोसमा एक लाख पचास हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर