Aamsanchar

हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या

Author Image
बुधवार, असार २३, २०७८

काठमाण्डौ – ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍यो भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ । मोइसे सन् २०१७ देखि हैटीको राष्ट्रपति रहनुभएको थियो ।

Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर