Aamsanchar

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा प्रवेश, डेनमार्क २-१ ले पराजित

Author Image
बिहिवार, असार २४, २०७८

काठमाडौं – इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ । वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो । कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे । त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन । ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो ।

इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे । ९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे । १०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे । पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर