Aamsanchar

विम्बल्डन टेनिसको उपाधिका लागि शीर्ष वरियताकी एसलिघर आठौं वरियताकी क्यारोलिना भिड्ने

Author Image
शुक्रवार, असार २५, २०७८

काठमाडौं – विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । ​ अष्ट्रिेलियाकी बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गरेकी छन्। यस्तै चेक रिपब्लिककी प्लिस्कोभाले बेलारुकिी आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकालिन्। २५ वर्षीया बार्टीले केर्वरलाई हराउँन १ घण्टा २७ मिनेट खर्चेकी थिइन भने २९ वर्षीया प्लिस्कोभाले साबालेन्कालाई पराजित गर्न एक घण्टा ५३ मिनेट लागेको थियो।

दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल शनिबार हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)