Aamsanchar

फाइजरले भन्यो – तेस्रो डोज नलगाए फेरि सङ्क्रमण हुन सक्ने सम्भावना छ

Author Image
शुक्रवार, असार २५, २०७८

काठमाण्डौ- अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ । कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ । तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)