Aamsanchar

अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी

Author Image
शनिवार, असार २६, २०७८

काठमाण्डौ- अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो।

उसका लागि मिचेल मार्शले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै म्याथ्यु वाडेले ३३ रन जोडे । वेस्ट इन्डिजका ओवेद म्याककोयले ४ तथा हेडन वाल्सले ३ विकेट लिए। फविएन एलेनले २ र आन्द्रे रसेलले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिए ।

जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक–शून्यले अघि भएको छ । पाँच टी–ट्वेन्टी र तीन खेलको एक दिवसीय खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)