Aamsanchar

यूईएफएद्वारा इङ्ल्यान्डलाई ३० हजार युरो जरिबाना

Author Image
शनिवार, असार २६, २०७८

काठमाण्डौ – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ । वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका क्रममा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर इस्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो । कास्परले केनले प्रहार गरेको पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई दुई–एकले जिताएका थिए ।

त्यही घटनालाई लिएर यूईएफएले छानबिन सुरु गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो । यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)