Aamsanchar

आँखीभौँ छेड्दा किशोरीको मृत्यु

Author Image
आइतवार, असार २७, २०७८

आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ । १५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द हुन बाध्य भए । उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छेडेकी थिइन् ।

ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् । आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले । उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृदयघात भयो । उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो ।

त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो । तर उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई विक्षिप्त बनायो । उनको मृत्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अनुनय बिन्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गुमाएकी छिन् ।’ ‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गुम्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् । स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर