Aamsanchar

इलाका प्रहरी काँकरभिट्टाको अवैध सामान बरामत तर्फ ६ महिनाको प्रगती

Author Image
मङ्गलवार, असार २९, २०७८

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ६ महिनामा एक करोड रुपैयाँ मुल्य भन्दाबढिका अवैध सामान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आफुले नेतृत्व सम्हालेपछिको ६ महिनामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा १ करोड ४७ लाख ७७ रुपैयाँ मुल्यको अवैध सामान बरामद गरेको प्रहरी नायव उपरिक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

२०७७ साल माघ ४ गतेबाट प्रहरी नायव उपरिक्षक दाहालले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँले कमाण्ड सम्हाले लगत्तै सीमानाकाबाट अवैध रुपमा हुने निकासी पैठारीलाई निरुत्साहित गर्ने पहिलो एजेण्डा बनाउनु भएको थियो । चोरी बाटो हुने व्यपारलाई भन्सारको दायरामा ल्याएर राजस्व बुझाउन त्यसमा संलग्नहरुलाई प्रेरित गर्ने उहाँको भनाई थियो ।

सोहि अनुसार अवैध धन्दा रोकथामका लागि प्रहरी परिचालन गरिएको र यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा सामान बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले सवैभन्दा बढी चैत महिनामा ४४ लाख ५८ हजार २ सय ५३ रुपैयाँ र कम जेठमा २० हजार रुपैयाँ मुल्यका सामान बरामद गरेको थियो । माघ महिनामा १४ लाख १९ हजार ५ सय, फागुनमा २१ लाख १६ हजार ४ सय ४४ रुपैयाँ, बैशाखमा १५ लाख ४२ हजार ८ सय ८० , असार २८ गतेसम्म ४ लाख ९० हजार रुपैयाँका अवैध सामान वरामद गरेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका सामानहरुमा खाद्यन्न, लत्ता कपडा, जुत्ता चप्पल, विद्युतिय सामाग्री, फलफूल, मटर, खेलौनाका सामान, मोटरका पार्टपूर्जालगायत छन् । ती सामान मेचीनगरको ज्यामिरगढी, नकलबन्दा, कालिका, सतिघट्टा, विचार्नी, तुर्केनी, बाहुनडाँगी, तिरिङलगायतका क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ । कोभिड १९ का कारण मुख्यः नाकाबाट आउजाउमा कडाई गरेका कारण यसमा संलग्नहरुले अबैध बाटो हुदैं सामान आयात निर्यात गर्ने गरेको प्रहरीको दावी छ ।

एकजना प्रहरी अधिकृतका अनुसार उत्तरमा इलामको रोङ गाउँपालिकादेखि दक्षिणमा मोरङको सीमासम्म १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा मेचीनगरक्षेत्रमा मात्र २६ किमी खुला सीमा छ । यसैको फाइदा उठाएर कारोवारीहरुले धन्दा चलाइरहेको प्रहरीको भनाई छ । तर, प्रहरी सक्रियताका कारण यसमा संलग्नहरु राजस्व बुझाएर वैध व्यपारका लागि अहिले भन्सारसम्म पुग्ने गरेका छन् । प्रहरीले यस अवधिमा भारीमात्रामा लागुऔषधसमेत पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर