Aamsanchar

अमेरिकामा एक नेपाली गरे गोली हानी नेपालीकै हत्या

Author Image
बुधवार, असार ३०, २०७८

काठमाडौं – अमेरिकाको न्यूजर्सीमा एक नेपालीले आफ्नै सहवासी (कोठामा सँगै बस्ने) लाई गोली हानी हत्या गरेका छन्। न्यूजर्सी ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको हो। २४ वर्षीय मिलन घिमिरेले ग्यास स्टेशनमा कार्यरत सहकर्मी ५६ वर्षका फु छेवाङलाई गोली हानी हत्या गरेका हुन्‌।

न्यूजर्सीको मवाहमा सोमबार राति पौने १० बजे गोली हानी छेवाङको हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ। न्यूयोर्क प्रहरीले गोली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरेको छ। मनाङ घर भएका छेवाङ हाल न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए। घिमिरेले छेवाङलाई किन हत्या गरे भन्ने खुलेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर