Aamsanchar

फलोअप : खिनमायाको घर ९५ प्रतिशत निर्माण

Author Image
बुधवार, असार ३०, २०७८

अर्जुनधारा । झापा अर्जुनधारा–५ की खिनमायाको घर ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

अतिविपन्न वर्गकी खिनमायाँको घर निर्माणकार्य अन्तरगत पर्खाल, छाँनो, भान्छाकोठा, दुईवटा सुत्ने कोठा तयार भई सकेको छ । त्यसैगरी शौचालय, बरण्डा निर्माण भईसकेको निर्माण समनवयन समितिका संयोजक ओमप्रकाश लुईटेलले जानकारी दिए । लुईटेलका अनुसार शौचालय र घरको झ्याल ढोकाको पल्ला ठोक्न र रंग रोकनको काम बाँकी छ, त्यो पनि आउदो आईतबार सम्ममा सम्पन्न गराउने लक्ष दिएर समितिले काम गरिरहेको छ, झ्याल ढोका र रंग लगाउने कार्यको लागि समनवयनको काम र जिम्मा युवा समाजसेवी कमल पोखरेलले लिएका छन् ।

अर्जुनधारा–५ की खिनमायाको गरिवी: फुकी ओछ्यान, मुड्की सिरानी

समुदायको अग्रसरतामा मनसुन सुरु हुदै खिनमायाको घर निर्माणकार्य सुरु गरिएको थियो । घर निर्माणमा विभिन्न दाताहरुले सहयोग प्रदान गरेका छन् । नेपाली सेना श्री श्री श्री नाथ गण चारआलीद्वारा श्रम दान भएको छ, सेनाले गर्ने सम्पूर्ण काम सम्पन्न भएको निर्माण समनवयन समितिका सचिव जीवन खतिवडाले जानकारी दिए ।

खिनमायाको घर बनाउन निर्माण समाग्री सहयोग प्राप्त हुदै, नेपाली सेनाले श्रमदान गर्ने

घर बनाउने कुरा त परै जावोस खाने गेडो अन्न नभएर गाउँ टोलमा सहयोगको याचना गर्दैै भोकोपेट भर्दै आएकी खिनमाया, लकडाउन भएपछि झन चरम संकटमा परिरहेकी थिईन, सोही वेला टोलमा राहत वितरणको कार्यक्रममा राहत लिन आएकी खिनमायाले राहतलिदा आफ्नो भोको पेट र गरिवीलाई सम्झेर बलिन्द्र आँसुको धारा झारेको दृष्यले स्थानिय केही समाजसेवीको मन विक्षेत भएको थियो । वास्तवमै गरिविको चपेटामा रहेकी खिनमायालाई सहयोग जुटाउन आमसंचार डटकमले खिनमायाको अवस्थाबारे जस्ताकोत्यस्तै समाचार, रिर्पोट सम्प्रेषण गरेपछि खिनमायालाई विभिन्न स्थानबाट मनकारी दाताहरुले सहयोग गरेका थिए । छोटो समयमै खिनमायाको घर निर्माणमा दाताहरुले देखाएको तदारुक्ता समाजमा आज उदाहरणिय बनेको छ । यतीवेला सुरक्षित घरमा बस्न पाएपछि खिनमाया खुशीले दंग छन्, जो गयो उसलाई आफ्नो खुशीको मुस्कान छोड्दै नाच्न र रमाउन थाल्छिन् ।

फलोअप : खिनमायाको घर निर्माण गर्न १२ जना सेना खटिए

पहिले खिनमायाको घर ।

फलोअप : खिनमायाको घर ७५ प्रतिशत निर्माण सम्पन्न, अझै दाताहरुबाट सहयोग जुट्दै

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर