Aamsanchar
Adv top
Adv below_nav

नेपाली क्रिकेट टोलीको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत्


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको हो । नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत् रहेको हो । नेपाल टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा पनि १३औँ स्थानमा रहेको छ । टी–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा पनि १६औँ स्थानमा रहेको छ । एकदिवसीयमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलले भने एक स्थान सुधार गरेका छन् । उनी ५९औँ स्थानमा पुगेका छन् । पारस खड्का ९२औँ स्थानमा रहँदा कप्तान ज्ञानेन्द्र मल्ल ९६औँ स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८औँ स्थानमा छन् । नेपालले त्रिकोणात्मक सिरिजपछि कुनै प्रतियोगिता खेलेको छैन ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।