Aamsanchar
Adv top
Adv below_nav

हल्दिबारीमा खुला व्यायामशाला



 झापा – हल्दीबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेको छ । गाउँबासीको स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको हो । हल्दीवारी-५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको हो ।

झापा क्षेत्र नम्बर-३ का सांसद प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले हिजो खुल्ला व्यायामशालाको उद्घाटन गर्नुभएको छ । युवा तथा जेष्ठ नागरिक समेत लाभान्वित हुने दृष्टिकोणबाट स्थापित खुला व्यायामशालाको उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको सांसद लिङ्देनले बताउनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख, जनसहभागिताबाट तीन लाख ६५ हजार गरी १८ लाख २८ हजार तीन सय ६८ रुपैयाँको लागतमा व्यायामशाला निर्माण गरिएको हो । त्यसमा साढे ३७ हजार कन्टिजेन्सीको योगदान छ ।

व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । सबै उमेर समूहका स्थानीयले व्यायामशाला प्रयोग गर्न सक्नेछन् । स्वस्थ जीवन प्रवर्द्धनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।

गाउँपालिकाले निर्माण गरेको व्यायामशालामा छानोको भने अभाव छ । छानो नहुँदा पानी परेका बेला भने व्यायाम गर्न असुबिधा हुने स्थानीयले बताएका छन् । हल्दिबारीमा स्थापना गरिएको यस प्रकारको व्यायामशाला क्षेत्र नम्बर-३ मा पहिलो हो ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।