Aamsanchar

कम्पनीले कामबाट निकालेपछि साउदीमा २४ जना नेपाली कामदार अलपत्र

Author Image
बिहिवार, असार ३१, २०७८

साउदी- कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।

कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् ।उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् ।

नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ । बिसीका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु जावाज (अदालत) पुगेका थिए । अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।

भोजपुर स्थायी घर भएका अर्का युवा भरत राई अनुसार दुतावासलाई फोन गर्दा उल्टै हामीलाई फोन नगर्नु भन्दै फोन काट्ने गरेको गुनासो गर्छन् । प्यूठानका बिष्णु सुनारले दूतावासका कर्मचारी, राजदूत नै सहयोग गर्न नसक्ने भन्दै पन्छिरहेको गुनासो गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर