Aamsanchar

भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

Author Image
बिहिवार, असार ३१, २०७८
झापा- कोरोनाबाट भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको मृत्यु भएको छ । भद्रपुरमा आज बिहान थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नयाँ भेरिएन्टको कोरोनाबाट भद्रपुरमा २९ जनाको मृत्यु भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराई जानकारी दिए । उनका अनुसार बिहीबार सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगर निवासी ७४ वर्षीय योङ्गहाङ्ग थरका वृद्ध र भद्रपुर नगरपालिका ५ स्थित नयाँ बजार निवासी प्रधानाङ्ग थरका ८८ वर्षीय वृद्ध रहेको छ । योङ्गहाङ्गलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।
त्यस्तै प्रधानाङ्गलाई असार ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको होम आइसोलेसनमै मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए । यता दुवै कोरोना सङ्क्रमितको शव नेपाली सेनाको टोली व्यवस्थापन गरेको उनले बताए । बुधवार भद्रपुर नगरपालिका ९ निवासी ५८ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मङ्गलवार भद्रपुर नगरपालिका १० निवासी ३९ वर्षीया महिलाको पनि सङ्क्रमणबाट मृत्यु भएको थियो । 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर