Aamsanchar

ओलम्पिकमा सहभागी हुन १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने

Author Image
शुक्रवार, साउन १, २०७८

काठमाडौं-टोकियो ओलम्पिकमा सहभागी हुन १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने भएको छ । नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा नेपाली टोली जापान जान लागेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ । जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् । खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जानेछन् ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा आउँदो सोमबार पाँच सदस्यीय अर्को टोली जापान जानेछ । यस्तै, साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उपमहासचिव पिताम्बर तिम्सिना जापान जानेछन् ।

यसअघि, पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेको छ । टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर