Aamsanchar

नेपालीले फिलिपिन्समा हुने एभिसी भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने

Author Image
शुक्रवार, साउन १, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भदौ १३ देखि १८ गतेसम्म फिलिपिन्समा हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

सुरुमा १७ टोली सहभागी हुने भनिएको प्रतिस्पर्धामा पाँच टोलीले नाम फिर्ता लिएपछि १२ टोलीले खेल्ने पक्का भएको थियो । तर, एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम समावेश गरिएको छैन । कोरोना संक्रमणका कारण यी देशहरू सहभागी नभएको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर