Aamsanchar

दक्षिण अफ्रिकाद्वारा आयरल्यान्डलाई ७० रनले पराजित

Author Image
शनिवार, साउन २, २०७८

काठमाण्डौ –दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ। डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो।

आयरल्यान्डका लागि सीमी सिंहले अविजित रहँदै १ सय रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३र३ विकेट लिए । केशव महाराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो ।

आयरल्यान्डका जोश लिटलले २ विकेट लिए । दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरीज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डले ४३ रनको जित निकालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)