Aamsanchar

म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको राष्ट्रसंघको दाबी

Author Image
शनिवार, साउन २, २०७८

एजेन्सी- संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । हालै एक प्रतिवदेन सार्वजनिक गर्दै राष्ट्रसंघले म्यानमारमा जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता हात लिएसँगै भएको आन्दोनलका क्रममा एक सय भन्दा बढी बालबालिका सुरक्षाकर्मीले हिरासतमा लिएको जनाएको छ ।

जारी राजनीतिक अस्थिरताबीच पाँच महिनाअघि कोराना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लगाइएको उल्लेख छ । गत फेब्रुअरीदेखि म्यानमारमा सैनिक शासनविरुद्ध भएको आन्दोलनका क्रममा ती बालबालिका मारिएको राष्ट्रसंघीय बाल अधिकार समितिले जनाएको छ ।

एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समितिले करिब एक हजार भन्दा बढी पक्राउ परेको जनाएको छ । समितिका सभापति मिकिको ओटानीले प्रतिवदेन सार्वजनिक गर्दै सैनिकको कुटपिटका कारण धेरै बालबालिकाको मृत्यु भएको दावी गरे । उनले सेनाले नियन्त्रणमा लिएर पनि यातना दिँदा अधिकांश बालबालिकाको मृत्यु भएको बताए । सैनिक कारवाहीका क्रममा देशभरका स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी संरचनाहरुमा ठूलो क्षति भएको बताइएको छ ।

सेनाले अझै पनि बालबालिकालाई झुटा मुद्दा लगाएर नियन्त्रणमा लिने क्रम नरोकिएको प्रतिवदेनले औंल्याएको छ । लामो समयको आन्दोनका कारण म्यानमारमा आगामी दिनमा ४० हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार हुने पनि राष्ट्रसंघले औंल्याएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर