Aamsanchar

समयमा उपचार नपाउँदा ओखलढुङ्गामा सुत्केरीको मृत्यु

Author Image
शनिवार, साउन २, २०७८

ओखलढुङ्गा – मोलुङ गाउँपालिकामा समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ। वडा नम्बर ७ पात्ले, वाख्रेकी वर्ष ३२ वर्षीयासुनिता लामिछानेको उपचार अभावमा ज्यान गएको हो। शुक्रबार बिहान ८ बजे सामान्य अवस्थामा घरमै सुत्केरी भएकी लामिछानेलाई उच्च रक्तश्राव भएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको वडा नंं ७ का वड अध्यक्ष हेम सुनुवारले जानकारी दिए। नियमित गर्भ जाँच गराइरहेकी लामीछानेलाई स्वास्थ्यकर्मीले साउन २२ मा मिति दिएको भए पनि असार ३१ गते बेलुकादेखि प्रसव पीडा भएको परिवारले जनाएको छ।

छिमेकीले बिरामी भएको थाहा पाउन साथ सुत्केरीलाई उपचारका लागि गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीमा पु¥याएका थिए। त्यहाँ उपचार सम्भव भएनपछि स्वासथ्य केन्द्रले ओखलढुङ्गा सामुदायिक अस्पतालमा रेफर गरेको थियो। त्यहाँ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो। शिशुको अवस्था समान्य रहेको र छिमेकीको साहरामा रहेको वडा अध्यक्ष सुनुवारले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर