Aamsanchar

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज देखी

Author Image
आइतवार, साउन ३, २०७८

काठमाडौं – भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ। तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्।

पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ। जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । ३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर