Aamsanchar

कोरोनाको कारण हल्दिबारीमा मृत्यु हुनेको संख्या नौ पुग्यो

Author Image
आइतवार, साउन ३, २०७८

हल्दिबारी । झापाको हल्दिवारि गाउँपालिकामा कोभिड –१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न ।

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड– १९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार सोही अवधिमा कोरोना संक्रमणको कारण ९ जनाको ज्यान समेत गएको छ ।

उनका अनुसार ३६६ जना निको भएका छ्न भने २५ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,गाउँपालिकाको आइसोलेसन केन्द्र र होम आइसोलेसनमा उपचाररत रहेका छ्न ।

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिडको दोस्रो लहर सुरुभए यता स्वास्थ्य शाखाले ४१९ जनाको पिसिआर टेस्ट गरेको छ भने ५९७ जनाको एन्टिजिन टेस्ट गरेको गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)