Aamsanchar

खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना

Author Image
आइतवार, साउन ३, २०७८

काठमाण्डौ- कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ। स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो । उहाँले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ ।

अस्ति साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन । बेलायतमा पछिल्लो केही दिनयता सङ्क्रमण फेरि बढ्दै गएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर