Aamsanchar

दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द

Author Image
सोमवार, साउन ४, २०७८

काठमाडौं – एएफसी अवार्ड २०२१ रद्द भएको छ । कतारको दोहामा तय भएको अवार्ड कोरोना महामारीको प्रभावका कारण रद्द भएको हो । महामारीको समयलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले जनाएको छ । एएफसीको कार्यसमितिको बैठकले अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । अब अर्को संस्करणको अवार्ड कतारको दोहामा गरिने एएफसीले जनाएको छ । अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर