Aamsanchar

बैकिङ कसुर र कर्तव्य ज्यान मुद्धाका २ फरार प्रतिवादी पक्राउ

Author Image
सोमवार, साउन ४, २०७८


बिराटनगर- बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७ माघ २६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)