Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
सोमवार, साउन ४, २०७८

विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको विर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी  र कचनकवलमा १–१, मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ । संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका भएका । सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर