Aamsanchar

बग्दादमा भएको बम विस्फोटमा २५ जनाको ज्यान गयो

Author Image
मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ – इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ । विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो ।

विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरुमा समेत आगलागी भएको छ । इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर