Aamsanchar

भिसाको समस्या हुँदा सन्दीपले ‘दी हन्ड्रेड’ क्रिकेटको सुरुवाती खेल गुमाउने

Author Image
मङ्गलवार, साउन ५, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसाको समस्या भएको छ । इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा उनले सुरुवाती खेल गुमाउने भएका छन् ।

ओभल इन्भिन्सिबलमा आबद्ध सन्दीपले दी हन्ड्रेडको सुरुवाती खेल गुमाउने भएका हुन् । भिसाको कारण सन्दीपले हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ । सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ । भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर