Aamsanchar

एनआरएनए मध्यपूर्व उपसंयोजकमा युएईबाट मरासिनीको उम्मेदवारी 

Author Image
बिहिवार, साउन ७, २०७८

युएई । युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् ।

मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व हुन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय स्याङ्जा समाज, नागरिक सेवा समाज लगायतका सामाजिक संस्थामा काम गरिसकेका मरासिनी विगत केही वर्षदेखि यस गरिमामय संस्था एनआरएनएमा क्रियाशील युवा हुन् । विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई एनआरएन अभियानमा सदुपयोग गर्न उनले यसपटक मध्यपूर्व उपसयोजंकमा उम्मेद्वारी दिने निर्णय गरेको बताएका छन् ।

सन् २००९र२०११ कार्यकालमा एनसिसी सदस्य २०११ र २०१३ मा युएई स्थित सारजाह क्षेत्र उपाध्यक्ष्य हुदै २०१३ र २०१५ को ऐतिहासिक कार्यकालको प्रवक्ता रहेका मरासिनी २०१७ र १९ को कार्यकालमा उपाध्यक्ष्य रहेर आफ्नो कुशलता देखाइसकेका युवा व्याक्तित्व हुन् । युएईको एनआरएन अभियानमा लामो कार्यकाल बिताएका मरासिनी आफ्नो अनुभवलाई समग्र मध्यपूर्वका नेपालीहरुको हक़ हीतमा प्रयोग गर्नु नै उम्मेद्वारीको घोषणा गर्नुको मुल कारण रहेको बताउछन् ।

लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधि विधानको पालनमा ईमानदार हुँदै सदैव संस्था प्रति निष्ठावान रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेका छन् ।

लामो समय एनआरएन अभियानमा समर्पित भएर मध्यपुर्ब उपसंयोजकमा उमेदवारी दिएका मरासिनी आफुलाई आईसीसी पदाधिकारीहरुबाट पूर्ण साथ र समर्थन रहेको बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर