Aamsanchar

टोकियो ओलम्पिक : चीनलाई पहिलो स्वर्ण पदक

Author Image
शनिवार, साउन ९, २०७८

काठमाण्डौ – टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ । आज बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराइन् । याङले २ सय ५१ दशमलव ८ अङ्क जोड्दै पहिलो स्वर्ण पदक जितेकी हुन् । ग्यालासिनाले रजत पदक प्राप्त गरिन् । यसै स्पर्धाको छनोटमा खेलेकी नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन् । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर