Aamsanchar

आईसीसीद्वारा टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक, एशोसिएट राष्ट्रहरुमा नेपाल शीर्षस्थानमा

Author Image
सोमवार, साउन ११, २०७८

काठमाडौं-नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्षस्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेष्ट खेल्ने राष्ट्रहरु छन् ।

आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला हारेपछि उसको वरीयता खस्केको हो । नेपाल भने पछिल्लो तीन महिना यता कुनै अन्तर्राष्ट्रिय स्पर्धा खेलेको छैन । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी ट्वान्टी श्रृखंला जिते यता निरन्तर विश्व वरीयतामा उक्लिदै आएको छ । नेपालभन्दा आयरल्याण्डको अङ्क बढी भए पनि रेटिंग्स समान छ । नेपाल र आयरल्याण्ड दुबैको रेटिंग्स समान १८७ रहेको छ ।
नयाँ वरीयता बमोजिम इंग्ल्याण्ड हाल शीर्षस्थानमा छ । भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, पाकिस्तान चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा पुगेको छ । दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं, बङ्गलादेश दशौं र जिम्बाब्वे ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर