Aamsanchar

असम र मिजोरम राज्यको सीमामा सुरक्षा फौज र नागरिकबीच झडप, ६ जना प्रहरी जवानको मृत्यु

Author Image
मङ्गलवार, साउन १२, २०७८

काठमाण्डौ- भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गर्नुभएको छ । हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

दुई राज्यबीच लामो समयदेखि सीमा विवाद रहेको छ । ६ जना प्रहरी जवानको ज्यान गएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति स्थापनाको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर