बिर्तामोड । स्देशकैै लगानी स्देशमै रोजगारी भन्ने उदेश्य राखेर झापाको अर्जुनधार–५, बैशाबाडीमा विगत ३ बर्ष देखि संचालनमा आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि ले आफ्नो उत्पादनलाई देशव्यापी बनाएको छ ।
ग्यास रहित नरम पेय पदार्थ कोल्ड कोला, क्लासकोला, माचो डियु, म्याजिक डियु, स्ट्राईक, स्पिक, स्रेष्टा, फजेन्टा गरि ८ वटा ब्राण्ड उत्पादन गर्दै आएको यस उद्योगले उल्पादन सुरु भएको छोटो अवधीमै सफलता हाशिल गर्न थालेको उद्योगका संचालक नवराज भारतीले बताए ।
आफ्नो काम र उत्पादन प्रति गर्वव्यक्त गर्दै संचालक भारती भन्छन् । ‘विदेशी लगानी विदेशीकै आम्दामी हुनेगरी नेपालमा संचालन भएका पुराना यस्तै पेय पदार्थ उद्योगहरु भन्दा हाम्रो उद्योग कमको छैन, ति उद्योगले उत्पादन गरेको उत्पादित बस्तुहरु भन्दा राम्रो उत्पादन गुणस्तरको हिसावले उस्तै रहेको छ, अझ भन्नु पर्दा अहिलेको विज्ञान र प्रविधीले गर्दा हाम्रो उत्पादन नै उत्कृष्ट रहेको दावी गर्छु ।’ ‘पुराना ति उद्योगले उवेला उत्पादन गरेकोे गुणस्तरलाई आजसम्म प्रचार गरेकै भरमा चलाई रहेका छन् । तर हामि अहिले विकशित प्रविधीका साथ अघि बढेका छौं । केवल हामिले धेरै प्रचार गर्न सकेका छैनउ तर एक पटक हाम्रो उत्पादन सेवन गर्नेहरुले हाम्रो उत्पादनलाई राम्रो मानेर चिसो पेय पदार्थ पिउने गर्नु भएको छ ।’ ‘हामिले प्रचारमा खर्चिने रकम उपभोक्तालाई छुट दिएका छौं ।’ हाम्रो उत्पादन अन्य पुराना पेय पदार्थ भन्दा गुणस्तर त छदै छ त्यसमा पनि शुलभ मुल्यमा सर्वसाधारणहरुले उपभोग गर्न पाउनु भएको छ ।’
२८ करोड लगानी र एक विगाह भन्दा धेरै क्षेत्रफलमा फैलिएको उद्योगबाट दैनिक १५ सय कार्टुन नरम पेय पदार्थ उत्पान भईरहेको छ । उत्पादित ब्राण्ड मध्ये कोलकोलाको बढी माग रहेकोे छ । पूर्णरुपमा शुद्ध, प्रशोधित कच्चा पदार्थ प्रयोग गरेर विभिन्न स्वादमा आफ्ना उत्पादन गर्दै आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि मा हाल ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा सयौं स्वरोजगार बनेका छन् । डवल रिफाईन सुगर, गुल्कुज, सोडा, फलपूmलको फ्लेवर प्रयोग गरेर तयार पारिने पेय पदार्थ सेवन गर्दा तत्काल शरिरमा स्र्फुती प्रदान गर्ने, पेटमा हुने ग्यास, कब्जियत जस्ता समस्याहरुमा बढी लाभदायिक हुने र ५ बर्ष भन्दा कम उमेरका बालबालिकालाई भने धेरै खुवाउन उपयुक्त नहुने कम्पनीका प्रमुख ल्याव प्राविधिक रुपचन साहले बताए ।
गर्मीे मौसममा अध्याधिक माग बढने, चिसोे बनाएर प्रयोग गरिने नरम पेय पदार्थ कोलकोला लगायतका ब्राण्डहरु उत्पादन भएको मितिबाट ६ महिना सम्म प्रयोग गर्न सकिन्छ । ‘मनकामनाले उत्पादन गरेका पेय पदार्थहरुको माग दिन प्रतिदिन बढदै गएकोले हालको उत्पादनले बजारको माग पुरा गर्न सकेको छैनं, माग पुरा गर्नको लागि जनशक्ति थप गर्नु पर्ने भएको छ ।’ ‘अब जनशक्ति बढाएर र केही मेशिनहरु पनि थप गरेर उत्पादन वृद्धि गराई हिमाल देखि तराई, पूर्व देखि पस्चिम सम्म डिलर मार्फत पुर्याएर सबै नागरिकलाई मनकामनाद्वारा उत्पादित पेय पदार्थहरु चखाउने’ कम्पनीका सिइओ मौसम गौतमले बताए ।
यसरी उत्पादन हुन्छ पेय पदार्थ । (फोटो फिचर)