Aamsanchar

मन्त्री छनोटमा केन्द्रीत हुने भनिएको माओवादीको स्थायी कमिटी स्थगित

Author Image
सोमवार, साउन १८, २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने बताइएको थियो। गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। देउवाले असार २९ गते कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए। यस्तै साउन १० गते कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन्।

थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र कांग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको जनाइएको छ। आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो। तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर