Aamsanchar

कोसी अस्पतालमा पुगेका बिरामी आन्दोलित

Author Image
सोमवार, साउन १८, २०७८

विराटनगर – विराटनगरस्थित कोसी अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुगेका बिरामी आन्दोलित बनेका छन्। चिकित्सकले भिडियो ए–क्सरे लगायतको परीक्षणका लागि सिफारिस गरे पनि काम सुस्त हुँदा पालो नआएको भन्दै सोमबार बिहान अस्पताल अगाडि उनीहरुले प्रदर्शन र नाराबाजी गरेका हुन्। समयमै परीक्षण गराउन नपाउँदा आफूहरु मार्कामा परेको र बेलैमा उपचार पाउन नसकेको गुनासो उनीहरुको छ। जनशक्ति कम भएको भनेर अस्पतालले ल्याब परीक्षणमा कोटा प्रणाली लागू गरेको छ।

अस्पताल प्रशासनअगाडि ठूलो संख्यामा नाराबाजी र प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। बिल काटिसकेको लामो समयसम्म पनि भिडियो ए–क्सरेको पालो नआएपछि आन्दोलन गर्नु परेको विराटनगर–५ का मोहम्मद हुसेनले बताए। बिल काटिसक्दा पनि कोटा पूरा भएको भन्दै अस्पतालले भिडियो ए–क्सरे गर्न अर्को दिन आउनू भनेर भनेको गुनासो उनको छ। हुसेनका अनुसार अस्पतालले एक दिनमा २० जनाको मात्रै ए–क्सरे गर्नसकिने जानकारी दिएको छ।

चिकित्सक र कर्मचारी अभावको कारण देखाउँदै अस्पतालले समयमा सेवा नदिएपछि थप समस्या भएको बिरामीको गुनासो छ। ‘बिरामी भएपछि मान्छे अस्पताल पुग्ने हो। तर स्वास्थ्यमा निक्कै समस्या भइरहँदा पनि एक्सरे गर्न अर्को दिन बोलाइन्छ,’ हुसेनले भने, ‘सरकारी अस्पतालमा चरम बेथिति देखियो। उपचारमा चासै नदिएको पाइयो।’ उनका अनुसार बिरामी परेपछि कोरोना महामारीको समेत प्रवाह नगरिकन अस्पताल पुग्दा पनि बेलैमा उपचार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था छ।

आन्दोलनमा उत्रिएकाले बिल काटिसकेका बिरामीको तत्काल भिडियो ए–क्सरे लगायतका अरु परीक्षण हुनुपर्ने माग राखेका छन्। ‘स्वास्थ्य बिमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्न नसकेको पाइयो। बिमाको एउटा मात्रै काउन्टर छ,’ हुसेनले भने, ‘त्यहाँ ठेलमठेल र भीडभाड गरेर बस्दा कोरोना संक्रमण सल्किने जोखिम पनि हुन्छ। अर्कोतिर प्रारम्भिक उपचार र परीक्षणकै लागि दुईरतीन दिनसम्म पालो पर्खनुपर्ने अवस्था छ।’ उनले काउन्टर बढाएर र तत्काल परीक्षणको व्यवस्था गरेर उपचारलाई प्रभावकारी बनाउनुपर्ने माग आफूहरुको रहेको सुनाए।

अस्पताल प्रशासनले भने रेडियोलोजिस्टको अभाव रहेको जनाएको छ। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावका कारण सबै बिरामीको अल्ट्रासाउण्ड ९भिडियो ए–क्सरे० समयमै गर्न नसकिएको बताए। उनका अनुसार पाँच जनाको दरबन्दीमा चार जना रेडियोलोजिस्ट कार्यरत रहेकामा दुई जनाले राजीनामा दिएका छन्। एक जना बिदामा छन्। अहिले एक जनाले मात्रै काम गरिरहेका कारण अस्पताल आएजति बिरामीलाई सेवा दिन गाह्रो भइरहेको डा। यादवले बताए।

कोसी अस्पतालमा दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि एक हजारभन्दा बढी पुग्ने गरेका छन्। तीमध्ये लगभग दुई सय जनाको भिडियो ए–क्सरे हुँदै आएको थियो। ‘बिरामी धेरै र जनशक्ति कम भएपछि दैनिक २० जनाको अल्ट्रासाउण्ड गर्ने गरी कोटा प्रणाली लागू गरिएको हो,’ डा। यादवले भने, ‘आएजति बिरामीको ए–क्सरे गर्न एक जनाबाट सम्भव नै छैन।’
बिरामीले कोटा प्रणाली खारेज, जनशक्ति थप, बिरामीको बेलैमा उपचार लगायतका माग राखेका छन्। जनशक्ति थप गरेर सेवालाई प्रभावकारी बनाउने विषयमा पहल भइरहेको जानकारी यादवले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर