Aamsanchar

हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र अफ्गानी सेनाबीच भीषण युद्ध

Author Image
मङ्गलवार, साउन १९, २०७८

काठमाण्डौ –अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् ।

सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्तानमा तालिबानको गतिविधि बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर