Aamsanchar

आफ्नो देश प्रबेश नगर्न नेपालसहित २६ देशका विद्यार्थीलाई कोरियाको सुझाव

Author Image
मङ्गलवार, साउन १९, २०७८

काठमाण्डौ- दक्षिण कोरियाले नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ। डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । तर कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।

सेप्टेम्बरको अन्त्यसम्म आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा हुने र त्यसपछि प्रवेश खोल्ने पनि मन्त्रालयले जनाएको छ । नेपालसहित भारत, बङ्गलादेश, यूएईलगायत देशका विद्यार्थीलाई रोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर