Aamsanchar

थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

Author Image
मङ्गलवार, साउन १९, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । जसमध्ये ९ हजार ९२२ जनाको मृत्यु भएको छ भने ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर