Aamsanchar

गौरादहबाट लागुऔषध सहित ताजपुरिया पक्राउ, कार्की फरार

Author Image
मङ्गलवार, साउन १९, २०७८

झापा । झापाको गौरदहमा लागुपदार्थ ब्राउन सुगर सहित स्थानिय एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह नगरपालिका वडा नम्बर १ का कृष्णकुमार ताजपुरिया रहेका छन् ।

‘आज दमक स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मे७प ६७६७ नम्बरको Suzuki Gixxer मोटरसाईकलमा आईरहेको अवस्थामा गौरादह बजारमा प्रहरीले रितपूर्वक खानतलासी गर्दा ताजपुरियाको साथबाट लागुपदार्थ फेला परेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा गौरदह–२ का सुमन कार्की संग खरिद गरेर ल्याएको ताजपुरियाले वयान दिएपछि प्रहरीले कार्कीको घरमा पनि खानतलास गर्दा ३० ग्राम प्रतिवन्धित लागुऔषध (लिसाईलो खैरो हेरोईन ब्राउनसुगर) फेला परेको हो ।’ कार्की भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका ताजपुरियालाई दमक इलामा प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गर्ने काम भई रहेको र फरार भएका कार्कीलाई तिब्र रुपमा खोज्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर