Aamsanchar

ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलको सामना गर्ने

Author Image
बुधवार, साउन २०, २०७८

ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलको सामना गर्ने भएको छ । स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए । उता, ब्राजिलले मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो ।

सेमिफाइनलमा जापानले स्पेनलाई अतिरिक्तसम्म रोक्न सफल रह्यो । उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको जापानले स्पेनलाई काउन्टरमा प्रहार गर्ने रणनीति अपनाएको थियो । अन्ततः खेलको ११६ औँ मिनेटमा असेन्सियोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

उता, ब्राजिलको फाइनलसम्मको यात्रा भने अझ कठिन रह्यो । १२० मिनेटसम्म पनि बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा ब्राजिल ४–१ ले विजयी बन्यो । ब्राजिल ओलम्पिकको फाइनलमा पुगेको लगातार दोस्रो पटक हो । सन् २०१६ मा ब्राजिल स्वर्ण पदक जितेको थियो ।

अब फाइनल शनिबार अगस्त ७ मा याकोहामास्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली दोस्रोपटक स्वर्णपदक जित्ने दाउमा हुनेछ । स्पेनले यसअघि सन् १९९२ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर