Aamsanchar

मेचीनगर–१३ का वडाध्यक्षले खोप सिफारिस पत्र च्याती दिए पछि

Author Image
बिहिवार, साउन २१, २०७८

मेचीनगर । झापा मेचीनगर नगरपालिका–१३ का एक स्वास्थ्य कर्मचारीले कोरोना विरुद्धको खोप लगाउनबाट नगरपालिका र वडाध्यक्षले बन्चित गरेको आरोप लगाएका छन् ।

क्यानोपस हेल्थकेयर प्रा.लि.मा बजार प्रतिनिधीको रुपमा कार्यरत स्थानिय पशुपति भट्टराईले यस्तो आरोप लगाएका हुन ।

‘म फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी हुँ,’ वडा कार्यलयबाट वडाध्यक्षको सिफारिस लिएर नगरपालिकामा खोप लगाउन जाँदा पनि आफूलाई खोप लगाउने वर्गमा नपरेको भन्दै फर्काई दिए पछि, वडा कार्यलयमा आयोजना भएको खोप कार्यक्रममा गएर खोप लगाउन आग्रह गर्दा फ्रन्ट लाईनमा काम गर्नेहरुको लागि वडाबाट नभएर नगरपालिकाबाट नै खोप लगाउने कार्यपालिकाको निर्णय भएको भने जवाफ पाए पछि आफू पुनः नगरपालिका पुगेर खोप नलगाई दिन आग्रह गर्दा खोप नलगाई दिए पछि फेरी वडाकार्यलयमा आएर दुई दिन सम्म धाउदा पनि खोप लगाउन पाईन किन यसरी विभेद गरेको, मलाई खोप लगाईदिनु भन्दा वडाध्यक्षले आफैले दिएको सिफारिस च्याती दिएको र खोप नलगाई फर्कनु परेको भन्दै वडाध्यक्ष प्रति भट्टराईले गुनासो पोखेका छन् ।

स्थानिय पालिकाहरुमा जनप्रतिनिधीहरुले आफ्ना नजिकका मान्छेहरुलाई छानी छानी खोप लगाई दिने गरेको घटनाहरु बाहिर आईरहेको बेला मेचीनगर–१३ का वडाध्यक्ष कृष्ण सिग्देलले किन यसरी सिफारिस च्यात्नुको कारण के रहेछ  भनेर आमसंचारले बुझदा ‘नगरपालिकाले वडा नम्बर १३ लाई विभेद गरेको छ ।’ ‘आफ्नो वडाबाट फ्रन्ट लाईनमा काम गर्नेहरुको नाम सिफारिस गरेर पठाउनु भनेको र सिफारिस पठाउदा १३ नं. वडाका नागरिकलाई खोप नलगाई दिएको’ भन्दै वडाध्यक्ष सिग्देलले नगरपालिका प्रति आफ्नो समस्या तेर्साएका छन् ।

कुराकानीको क्रममा  वडाध्यक्ष सिग्देलले भने ‘वडामा सिमित ३ सय डोज खोप मात्र आएको हो, खोप लगाउन ६ सय भन्दा धेरै नागरिक जम्मा भए कार्यसम्पादनमा समस्या आई परेको बेला नगरपालिकाले फर्काई दिएका सिफारिस वहाकहरुको पनि झन समस्या थुर्पिन थालेपछि वडाले तत्काल खोप लगाउन नसक्ने भए पछि सिफारिस च्यारेर अरु भिडलाई पनि साम्य पार्न खोजेको थिए।‘ भट्टराईजीको सिफारिस च्याते पछि खोप लगाउन नसकिने १५ जना साथीहरु फर्केर जानु भयो । अब उहाँहरुलाई आउदो २५ गते खोप लगाई दिने छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर