Aamsanchar

बंगलादेशमा एक हजार वर्ष पुरानो विष्णु भगवानको मूर्ति फेला

Author Image
बिहिवार, साउन २१, २०७८

ढाका-  बंगलादेशमा कालो पत्थरबाट निर्मित हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको छ । स्थानीय मिडियाका अनुसार एक हजार वर्ष पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । डेली स्टार न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गोली गाउँबाट उक्त मूर्ति समातिएको हो ।

बहुमुल्य यस कालो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९ दशमलब ५ इन्च छ । साथै यसको तौल झण्डै १२ केजी छ । दौडकान्डी प्रहरी स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु यूसुफ नामका शिक्षकबाट करिब डेढ महिनाअघि उक्त मूर्ति बरामद गरिएको हो । तर ती शिक्षकले प्रहरीलाई यसबारे जानकारी दिएका थिएनन् । प्रहरीका अनुसार ती शिक्षकको घरबाट सोमबार राति मूर्ति बरामद गरिएको हो ।

यूसुफले भने २०/२२ दिनअघि आफ्नो जमिनमा रहेको पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो । त्यो पत्थर मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न फुर्सद नमिलेको प्रतिक्रिया यूसुफले दिएका छन् ।

यस मूर्तिलाई बंगलादेशका पूरातत्वविद तथा जानकारहरुले बहुमुल्य रहेको बताएका छन् । साथै यसबारे थप अनुसन्धान गरिनुपर्ने पनि बताइएको छ ।

चत्तोग्राम क्षेत्रस्थित पूरातत्व विभागका क्षेत्रीय निर्देशक अतौर रहमानले भनेका छन्,” फेला परेको भगवान विष्णुको मूर्ति ज्यादै बहुमुल्य हो । यो सम्भवत एक हजार वर्ष पुरानो हो । यसको विशेष संरक्षणका लागि यसलाई तुरुन्त मैनामती संग्रहालयमा हस्तान्तरण गरिनुपर्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर