Aamsanchar

अनियन्त्रित बन्दै ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो

Author Image
आइतवार, साउन २४, २०७८

काठमाण्डौ – ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । वेगले चल्ने गरेको हावाका कारण डढेलो तीव्र गतिमा फैलिरहेको ग्रीसका अग्नि नियन्त्रकले जनाएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । अरु ६ वटा इलाकामा आगो फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । आगलागीका कारण सयौं व्यक्ति विस्थापित भएका छन् ।

डढेलो निभाउने क्रममा अग्नि नियन्त्रकसहित दुई जनाको ज्यान गएको छ । २० जना घाइते भएका छन् । पछिल्ला १० दिनमा ५६ हजार हेक्टर जङ्गलमा क्षति भएको खबरमा उल्लेख छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर