Aamsanchar

समाचार प्रभाव :  ‘प्रकाश बचाउँ अभियान’ समिति गठन

Author Image
मङ्गलवार, साउन २६, २०७८

चारपाने । झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा भन्ने शिर्षकमा साउन २ गते समाचार प्रकाशन भएपछि प्रकाशको उपचारका लागि समुदायका अगुवा, सामाजिक संघ संस्थाका प्रतिनिधी, युवाहरु सहितको ‘प्रकाश बचाउ अभियान’ आर्थिक सहयोग संकलन समिति गठन भएको छ ।

अत्यन्त कमजोर आर्थिक अवस्थामा गुर्जिएका बिर्तामोड–२, चारपानेमा स्थाई बसोबास गर्दै आएका प्रकाश शर्माको उपचारका लागि स्थानिय समाजसेवीहरुको भेलाले डिल्लीराम सिटौलाको संयोकत्वमा १४ सदस्य समिति गठन भएको हो ।

वडाकार्यालय, उद्योग बाणिज्य संघ, स्थानिय सामाजिक संस्थाहरुको प्रतिनिधित्व हुने गरि गठन भएको समितिको सचिवमा जगन्नाथ अधिकारी, कोषाध्यक्षमा शीखा खड्का, सदस्यहरुमा विर्तामोड नगरपालिका वडा नम्बर २ का वडा सदस्य जनप्रतिनिधी उपेन्द्र पराजुली, सिताराम ढुङ्गेल, हरिभक्त उप्रेती, विनोद पोखरेल, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिवप्रसाद साह, सामाजिक संजाल समनवय संयोजकमा किरण पौडेल, त्यसैगरी सदस्यहरुमा विरामी प्रकाशको परिवारका तर्फबाट उमेश शर्मा, लक्ष्मीप्रसाद घिमिरे, राजु गिरी, नवराज सिटौला रहेका छन् ।

समितिले देश विदेशबाट प्रकाशलाई सहयोग गर्न सजिलो होस् भनेर विरामी प्रकाश शर्माको नाममा बैंक खाता पनि खोलेको छ । एनआईसी एशिया बैंकको खाता नंं L187001034352401 रहेको छ ।  खातावालाको पुरा नाम  (प्रकाश शर्मा) रहेको छ । सहयोग गर्न चाहाने दाताहरुले सिधै विरामीको खातामा रकम जम्मा गर्ने व्यवस्था समितिले मिलाएको छ ।

विरामीको बारेमा थप जानकारी प्राप्त गर्नको लागि ९८४२६३३९६८/९८४११४१४१४/९८२४०७९९०३ मा फोन गरेर पनि बुझन सकिने ‘प्रकाश बचाउँ’ अभियानका संयोजक डिल्लीराम सिटौलाले जनाएका छन् ।

यो समाचार पनि पढनुहोस् ।

झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)

सम्बन्धित खबर